रसियामा जारी विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २-१ ले हराउँदै सतप्रतिशत जित निकालेर समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ।
रोस्तोभ एरेनामा आइसल्याण्डलाई हराउँन क्रोएसियाका बाडिल र पेरिसिकले गोल गरे। आइसल्याण्डका लागि गिल्फ सिगरसनले गोल गरेका थिए।
पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५३औं मिनेटमा बाडिलको गोलमार्फत लिएको थियो। तर आईसल्याण्डका गिल्फ सिगरसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमार्फत ७६ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।
९ खेलाडी परिवर्तन गरेको क्रोएसियाले खेलको ९० औ मिनेटमा पोरिसिकले निर्णायक गोल गर्दै २-१ को जित निकाले।
एक खेल अगावै नकआउट चरण पुगिसकेको क्रोएसिया सतप्रतिशत जितसहित ९ अंक भएको छ। अब उसले समूह सीको उपविजेता डेनमार्कसँग प्रतिश्पर्धा गर्नेछ।
आईसल्याण्ड एक अंकसहित समूहको अन्तिममा रहेर प्रतियोगिता टुंग्याएको छ। यही समूहको अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ गोल अन्तरले हराउँदै समूहको उपविजेता भएर अन्तिम १६ मा प्रवेश गर्यो।