विश्वकप फुटबलमा समूह डी अन्तर्गत आइसल्याण्ड र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
रोस्तोभ एरिनामा रंगशालामा नकआउट चरण पुगिसकेको क्रोएसिया र अन्तिम चरण पुग्ने सम्भावना बोकेको आईसल्याण्डबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
क्रोएसियाले समूह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको छ। आईसल्याण्ड आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउ चाहन्छ।
नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ । आईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ। आजको खेल जिते पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्याण्डलाई दोस्रो चरण प्रवेश सहज हुन्छ। अर्जेन्टिना र नाइजेरियाबीच भइरहेको अर्को खेलमा मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको छ।