विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा नाईजेरियाविरुद्ध भिडिरहेको अर्जेन्टिनाले टिममा ५ खेलाडी परिवर्तन गरेको छ।
निरन्तरको खराब प्रर्दशनपछि अर्जेन्टिनी टिममा कप्तान मेसीले पाँच खेलाडी परिवर्तन गरेका हुन्।
अर्जेन्टिनाले स्ट्राईकर सर्जियो अग्युरो र काबालेरोलाई बेन्चमा राखिएको छ । गोन्जालो हिगुईन र एन्जल डि मारिया प्लेईङ सेटमा अटाएका छन्।
यस्तै गोलकिपरमा पनि परिवर्तन गर्दै अर्मानीलाई मौका दिइएको छ।
अर्जेन्टिना विश्वकप फुटबलमा नकआउट चरण प्रवेश गर्न संघर्ष गरिरहेको छ। नाईजेरियाविरुद्धको खेलमा अर्जेन्टिनालाई ठूलो अन्तरको जित आवश्यक छ।
उसले पहिलो खेलमा आइसल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा क्रोएसियासंग ३–० को लज्जास्पद हार ब्यहोरेको थियो । अर्जेन्टिना एक अंक सहित तालिकाको पुछारमा छ। यद्यपी खेलको १४औं मिनेटमा कप्तान मेसीले गोल गर्दै खेलमा अग्रता लिएका छन्।