रसियामा जारी स्पेन र मोरोक्कोबीचको खेलमा मोरोक्को र स्पेनले खेलको पहिलो हाफ एक-एक गोलको बराबरीमा सकेका छन। खेलमा पहिले गोल गर्दै मोरोक्कोले अग्रता कायम गरेको थियो।
खेलको १४ औं मिनेटमा मोरोक्कोका बउतैबले गोल गरेका हुन्।
एक गोलले अग्रता लिएको भए पनि मोरोक्को अग्रतालाई स्पेनी टिमले खेलको १९ औं मिनेटमा बराबरी गर्यो।
स्पेनका लागि इस्कोले बराबरी गोल फर्काएका हुन्।
दोश्रो चरण प्रवेश सुनिश्चितका लागि आज स्पेनले जीत वा बराबरीको नतिजा निकाल्नु आवश्यक छ। मोरोक्को भने अघिल्ला २ खेल गुमाएका कारण यस खेलको जुनसुकै नतिजाका बाबजुत घर फर्किनेछ।