जारी जापान र सेनेगलबीचको फुटबल खेलको पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको छ।
रसियामा जारी खेलमा सेनेगलले पहिले गोल गर्दै अग्रता कायम गरेको थियो। सनेगलले जापानलाई खेलको ११ औं मिनेटमा गोल गरेको थियो। उक्त गोल १० नमबर जर्सी लगाएका साडियो मानेले हानेका हुन्।
एक गोलले पछि परेको जापानले खेलको ३४ औं मिनेटमा बराबारी गोल फर्कायो र खेलमा फर्कियो। जापानका इनउइले खेलको ३४ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।
सेनेगल र जापान दुबैले आफ्नो पहिलो खेल जितेका छन्।
समूह 'एच'को पहिलो खेलमा जापानले कोलम्बियालाई हराएको थियो भने सेनेगलले पोल्यान्डमाथि जीत हासिल गरेको थियो।