रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत पानामा विरुद्धको खेलमा इंग्ल्यान्डले गोल वर्षा गरेको छ।
नोभगोरोड स्टेडियमा इंग्ल्यान्डले पहिलो हाफमा ५-० गोल अन्तरमा अग्रता लिएको हो।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र स्टोनले समान २-२ तथा लिङ्गार्डले १ गोल गरे।
खेलको आठौं मिनेटमा स्टोनले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए।
खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
३६ औ मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याए। स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा४-० को अग्रता पुर्याउँदा पहिलो हाफको इन्जुरी समयमा केनले गोल थप्दै अन्तर ५-० मा पुर्याए।
समूह जी मा रहेको इंग्ल्यान्डको पहिलो खेलबाट ३ अंक जोडेको छ भने पानामा अंकबिहिन छ। इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३-० ले पराजित भएको थियो।