रसियामा जारी विश्वकप फुटबलमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएर दोस्रो राउण्डका खेल भइरहेका छन्। दोस्रो राउन्डका खेल पनि आजैबाट सकिँदैछन्।
समूह चरणका २९ खेलहरु आइतबरा बिहानसम्म सकिएका छन्। जसमा ५ टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन् भने ६ वटा टोली एक खेल अगावै प्रतियोगिताबाट बाहिरि सकेका छन्।
जसमा सर्वाधिक गोल गर्ने राष्ट्रमा आयोजक रसिया र बेल्जियम छन्। रसिया र बेल्जियमले समान २ खेलबाट ८ गोल गरिसकेका छन्। विश्वकपको उद्घाटन खेलमा रसियाले साउदी अरब विरुद्ध ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने समूह चरणको दोस्रो खेलमा इजिप्टविरुद्ध ३–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ।
त्यस्तै, बेल्जियमले समूह चरणको पहिलो खेलमा पानामालाई ३–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो।
यस्तै सर्वाधिक गोल गर्ने खेलाडीमा पोर्चुगलका रोनाल्डो र बेल्जियमका लुकाकु छन्।
कुन टिमले कति गोल गरे।
२९ खेलसम्म ७१ गोल भइसकेको छ। जसमा पहिलो हाफमा २६ र दोस्रो हाफमा ४५ गोल भएको छ। यसमा फ्रिकिकबाट ४ गोल भएको छ भने आत्मघाति गोल संख्या ५ पुगेको छ। जमध्ये पोर्चुगलका कप्तान रोनाल्डोले ह्याट्रिक गरेका छन्।
- ८ गोल- रसिया र बेल्जियम
- ५ गोल- क्रोएसिया
- ४ गोल - स्पेन र पोर्चुगल
- ३ गोल- फ्रान्स, मेक्सिको, ब्राजिल, स्वीट्जरल्यान्ड र ट्युनिसिया।
- २ गोल- उरुग्वे, डेनमार्क, अष्ट्रेलिया, नाइजेरिया, सर्विया, जर्मनी, स्वीडेन, इंग्लयान्ड, जापान, सेनेगल।
- १ गोल- इजिप्ट, इरान, आइसल्यान्ड, अर्जेन्टिना, दक्षिण कोरिया, पोल्यान्ड र कोलम्बिया।
- शून्य गोल - साउदी अरब, मोरक्को, पेरू, कोष्टारिका र पानामा।
सर्वाधिक गोल गर्ने खेलाडी
- ४ गोल- क्रिष्टियानो रोनाल्डो (पोर्चुगल) र रोमेलु लुकाकु (बेल्जियम)
- ३ गोल - डिएगो कोस्टा (स्पेन) र डेनिस चेरिसेभ (रसिया)
- २ गोल आट्रिम ज्युवा (रसिया), इडन हजार्ड (बेल्जियम), लुका मोड्रिक (क्रोएसिया), फिलिपो कोन्टिन्हो (ब्राजिल), माइल जेडिनाक (अष्ट्रेलिया), अहमद मुसा (नाइजेरिया) र ह्यारी केन (इंग्ल्यान्ड)