जारी विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग १-० ले पराजित भएपछि जित्नै पर्ने दबाबका साथ स्वीडेन विरूद्ध उत्रिएको डिफेन्डिङ् च्याम्पियन जर्मनी पहिलो हाफको समाप्तीमा स्वीडेनसँग एक गोलले पछि परेको छ।
रसियमा जारी जर्मनी र स्वीडेनबीचको खेलमा जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खाएको हो। जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका हुन्।
खेल नतिजाका साथ खेल समापन भए डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्किने निश्चित छ।
जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन र डिफेन्डिङ् च्याम्पियनको हैसियतले ऊ आजसम्म घर फर्किएको छैन्। सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले मेक्सिकोसँग यस विश्वकपमा पहिलो खेल गुमाएको हो।