रूसमा जारी फिफा विश्वकप २०१८मा कोष्टारिकाविरूद्ध गोल गरेका नेइमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने तेस्रो खेलाडी भएका छन्
शुक्रबार समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले कोष्टारिकालाई २-०ले हराउने क्रममा नेइमार र कौटिन्होले इन्जुरी समयमा गोल गरेका थिए।
निर्धारित समय गोलरहित बराबरीमा सकिनै लागेको बेला इन्जुरी समयका लागि थपिएको ६ मिनेटमध्ये पहिलो मिनेटमा कौटिन्हो र अन्तिम मिनेटमा नेइमारले गोल गरेका थिए।
फिफा विश्व कप २०१८ मा यो नै नेइमारको पहिलो गोल हो। यसअघि स्वीट्जरल्याणडविरूद्ध खेलेको खेलमा गोल गर्न सकेका थिएनन्।
यो गोलसागै नेइमारको अन्तर्राष्ट्रिय गोल संख्या ५६ पुगेको छ। उनी सबैभन्दा बढी गोल गर्ने क्रममा रोमेरियोलाई पछि छोडेका छन्। अब उनफ ब्राजिलका लागि सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने क्रममा पेले र रोनाल्डो भन्दा पछि छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् भने रोनाल्डोले ६२ गोल गरेका छन्।
घाइते भएर केही समय मैदान बाहिर रहेका उनी पुरा फिट भइनसकेको ब्राजिलियन कोचले बताइसकेका छन्।