स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको फुटबल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
समूह 'बि'को दोस्रो खेलमा उनीहरूले पहिलो हाफसम्म बराबरी खेलेका हुन्। निर्धारित ४५+३ मिनेटमा दुबै टोलीले एकअर्काको पोस्टमा आक्रमण गरिरहेपनि बललाई जाली चुमाउन भने सकेनन्। नकआउट प्रवेशका लागि दुबै टोलीलाई जीत अत्यावश्यक रेहको छ। यसअघि भएको पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३-३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २-० ले हराएको थियो।
अंकतालिकामा १ बराबरी र एक जितसहित पोर्चुगल ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। इरान ३ अंकसहित दोश्रोमा छ। स्पेन १ अंक सहित तेश्रोमा छ। पोर्चुगलले आज भएको मोरोक्कसँग भएको खेलमा १-० को जीत निकालेको थियो। समूह चरणको दुबृ खेल हारेको मोरोक्को घर फर्किने पक्का जस्तै भइसकेको छ। आजको खेलमा जीत निकालेमा इरान एक खेल बाँकी हुँदै दोश्रो चरणमा प्रवेश गर्नेछ । तर स्पेनले जीते पनि अर्को खेलको नतिजा कुर्नुपर्नेछ।