विश्वकपको उपाधि जित्ने प्रमुख दाबेदाबर ब्राजिलले ४० वर्षे इतिहार सोमबार राति जोगाउन सकेन।
मार्सेलोको कप्तानीमा रहेको ब्राजिल विश्वकपको पहिलो खेलमा पछिल्लो ४० वर्षमै जित निकाल्न असफल भएको हो।
विश्वकपमा सबैभन्दा बढ ट्रफी उचाल्ने ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेल जित्दै आएको थियो। तर गएराति रसियामा जारी विश्वकपमा समूह ‘ई’ मा रहेको ब्राजिलले पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेल्दै लामो समयदेखिको इतिहास जोगाउन नसकेको हो।
मस्कोस्थित रोस्तोभ अन डोनमा भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको हो।
२० औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अग्रता लिएको ब्राजिलले पहिलो हाफसम्म अग्रता जोगाए पनि दोस्रो हाफमा जोगाउन सकेन। स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले बराबरी गोल फर्काएका थिए।
त्यसपछि ब्राजिल र स्विटजरल्याण्डले गोल गर्ने केही राम्रा प्रयासहरु खेर फालेका थिए। अन्ततः दुबै एक-एक गोलकै बराबरीमा रोकिए।
झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमारले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि टोलीलाई जिताउन सकेनन्।
यो खेलको निर्धारित समय मात्रै होइन इन्जुरी समयको अन्तिम सेकेण्डमा पनि नेइमारले गोल गर्ने प्रयास जारी राखेका थिए।
समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएउँदै शीर्ष स्थानमा छ। ब्राजिल र स्विस टोली क्रमश दोस्रो तथा तेस्रो स्थानमा छन्। कोष्टारिका चौथो स्थानमा रहेको छ।
