मेक्सिकोले उत्कृष्ट प्रदर्शनले डिफेन्डिङ च्याम्पियन जर्मनी पराजित हुँदा विश्व फुटबलमा ठूलो हलचल मच्चियो।
पहिलो पटक कुनै पनि आधिकारिक प्रतियोगितामा जर्मनीलाई हराएको मेक्सीकोले नयाँ इतिहास रचेको छ।
यति मात्र नभएर पछिल्ला ६ खेलबाट ५ औं विश्वकपमा खेलेका पहो खेलमा जित निकालेको छ। यता पहिलो खेलमा जित निकाल्न नसक्ने तेस्रो डिफेन्डिङ च्याम्पियन जर्मनी बन्यो। जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको यो सन् १९८२ यताकै पहिलो हो ।
यसअघि सन् २०१० मा इटाली परागवेसँग १-१ को बराबरी खेल्न बाध्य भएको थियो भने सन् २०१४ मा मा स्पेन नेदरल्यान्डसँग ५-१ ले पराजित भएको थियो।
समग्रमा मेक्सीकोले जर्मनीविरुद्ध दोस्रो पटक जीत निकाल्यो। यसअघि १९८५ मा मैत्रिपूर्ण खेलमा पहिलो जीत निकालेको थियो।
जर्मनीविरुद्ध गोल गरेका हिरभिङ लोजानो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने मेक्सीकन खेलाडी बनेका थिए। उनले चार गोल गरेका थिए।
जर्मनीले खेलअवधिमा कूल २६ सट प्रहार गर्यो। कुनैपनि टिमले गोलविहिन सर्वाधिक धेरै सट प्रहार गरेको यो २००६ पछि पहिलो हो।
सन् २००६ मा पोर्चुगलविरुद्ध इंग्ल्यान्डले २९ सट प्रहार गरे पनि गोल गर्न सकेको थिएन।
मेक्सीकोले खेलेको १८ वटा विश्वकपका समूह चरणका खेलमा २ वटामा मात्र पराजय भोगेको छ।
