बिहिबारदेखि रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आइतबार तीन खेल हुँदैछन्। जसमध्ये पहिलो खेलमा समूह ‘एफ’ बाट डिफेन्डिङ च्याम्पियन जर्मनी र मेक्सिकोबिच प्रतिष्पर्धा हुँदैछ।
मोस्कोस्थित लुज्निकी रंगशालामा नेपाली समय अनुसार राति पौने ९ बजे हुने खेलमा चार पटकको विश्व विजेता जर्मनीलाई रोक्दै मेक्सिको सुखद् सुरुवात गर्ने प्रयासमा छ।
उत्कृष्ट खेलाडी भए पनि लय अभाव रहेको जर्मनीलाई रोक्न मेक्सिको कति सफल रहला त्यो खेलपछि मात्र थाहा हुन्छ।
जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक आमनेसामने भएका छन्। त्यसमध्ये ६ खेलमा जर्मनीले जितेको छ भने ४ खेलमा बराबरीमा सकिएको छ र एक खेल मेक्सिकोले जितेको छ।
सन् १९७८, १९८६ र १९९८ को विश्वकपमा जर्मनीले मेक्सिकोलाई हराएको छ भने यसअघि सन् १९७१ को मैत्रीपूर्ण खेल र सन् २००५ र २०१७ को फिफा कन्फेरेडेरेशन कपमा पनि मेक्सिकोलाई जर्मनीले हराएको छ।
सन् १९६८, १९७७, १९९२ र १९९३ मा भएका मैत्रीपूर्ण खेलमा जर्मनीलाई मेक्सिकोले बराबरीमा रोकेको छ। सन् १९८५ मा भएको अर्को खेलमा जर्मनीलाई मेक्सिकोले पहिलोपटक पराजित गरेको थियो।
उपाधिको प्रमुख दाबेदार जर्मनीले सधैं सशक्त टिमको रुपमा विश्वकपमा स्थापित गर्दै आएको छ। जर्मनीका खेलाडी अनुभवी र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेका क्षमतावान छन्। पछिल्लो संस्करणको विजेतासमेत रहेको जर्मनीमा थोमस मुलर, एन्ड्रयु स्कुलर, म्यानुअल नेउर, मारियो गोमज लगायतका खेलाडी छन् ।
अहिलेसम्म जर्मनी ८ पटक फाइनलमा पुगेको जसमध्ये ४ पटक उपाधि जित्दा ४ पटक उपविजेतामै चित्त बुझाएको छ । त्यस्तै चार पटक सेमिफाइनलमा रोकिएको उसले ३ पटक तेस्रो र एक पटक चौथो भएको छ।
सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ।
सन् १९३४को इटाली विश्वकपबाट विश्वकपमा डेब्यू गरेको जर्मनीले सन् १९५४ मा स्वीट्जरल्याण्ड विश्वकपमा पहिलो पटक उपाधि उचालेको थियो।
यस्तै सन् १९७४ मा घरेलु मैदानमै उपाधि रक्षा गरेको उसले इटालीमा भएको सन् १९९० को विश्वकपबाट तेस्रो उपाधि जितेको थियो।
यस्तै पछिल्लो ब्राजिल विश्वकपमासमेत उपाधि जितेको जर्मनी ब्राजिलसँगै बराबरी गर्न यो विश्वकपसमेत भित्र्याउने दाउमा छ।
पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको मेक्सिकोको विश्वकपमा इतिहास पुरानो हो। तर, अहिलेसम्म मेक्सिकोले विश्वकपको उपाधि उचालेको छैन।
१६ औं पटक विश्वककप खेल्दै गरेको मेक्सिकोले २ पटक विश्वकपको क्वाटरफाइनलसम्म पुगेको छ। पछिल्लो समय निकै लयमा देखिएको मेक्सिको आइतबार जर्मनीलाई रोक्ने पक्षमा छ। राफेएल माक्र्युज, हिर्भिइङ लोजानो, मार्को फाबियन जस्ता बलिया र भरपर्दा युवा खेलाडीले भरिएको मेक्सिको जर्मनीलाई रोक्न तयार भएको बताइसकेको छ।
मेक्सिकोले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै रुस विश्वकपको यात्रा पक्का गरेको टोली हो । मेक्सिकोले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्ला खेलमा पनि सशक्त प्रदर्शन गरेको छ । रुस विश्वकपको तयारीस्वरूप खेलिएका आठमध्ये चार खेलमा जित हात पारेको छ । दुई खेलमा बराबरी खेल्दा दुई खेल भने गुमाएको छ ।
प्रभाव पार्न सक्ने खेलाडी
थोमस मुलर- जर्मनी
२८ वर्षीय थोमस मुलर जर्मनीका लागि भरपर्दा खेलाडी हुन्। उनले सन् २०१० र २०१४ मा दुई पटक विश्वकप खेलिसकेका छन्।
मुलर सन् २०१० को विश्वकपमा उत्कृष्ट युवा खेलाडी बन्दै गोल्डेन बुटसमेत जितेका थिए।
ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपमा जर्मनीका लागि क्रिष्टियानो रोनाल्डो नेतृत्वमा रहेको पोर्चुगललाई हराउँदा मुलरले ह्याट्रिक गरेका थिए।
मुलरले दुई वटा विश्वकपमा गरेर अहिलेसम्म १० गोल गरिसकेका छन्।
मार्कोरेयस, (जर्मनी)
जर्मन फुटबलमा देखिएका उत्कृष्ट प्रतिभामध्येका हुन्, स्ट्राइकर मार्को रेयस हुन्। यसअघि सन् २०१४ को विश्वकप फुटबल र सन् २०१६ को युरोकप फुटबल चोटका कारण गुमाएका उनी यसपाली फर्ममा छन्।
सन् २०११ को अक्टोबरमा जर्मन राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेयसले अहिलेसम्म ३१ खेल खेलेका छन्। त्यसमा नौ गोल पनि गरेका छन्।
टिम जर्मनी
गोलकिपर – म्यानुयल नोया, मार्क-आन्द्रे टेर स्टेघन
डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर
मिडफिल्डर/ फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि
राफेएल माक्र्युज- मेक्सिको
अहिलेसम्म मेक्सिकोका लागि ४ पटक विश्वकप खेलिसकेका राफेएल माक्र्युज टिमका लागि भरपर्दा खेलाडी हुन्।
उनले २००२ सालदेखि विश्वकप खेल्न थालेका हुन् । अहिलेसम्म आफ्नो टिमलाई विश्वकपमा निरन्तर सहभागि गराउन सफल राफेएल मेक्सिकोका लागि गौरव बोकेका खेलाडी हुन् ।
३९ वर्षीय राफेएलले सन् १९९७ बाट मेक्सिको टिमबाट खेल्न थालेका थिए। उनले सन् २००२, २००६, २०१० र २०१४ मा सम्पन्न विश्वकप फुटबल खेलिसकेका छन्।
टिम मेक्सिको
फरवार्डः जाभिएर हेर्नान्डेज, राउल जिमिनेज, ओरिबे पेराल्टा, कार्लोस भेला, हिर्भिइङ लोजानो, मार्को फाबियन
मिड्फिल्डरः राफेल माक्यूज, हेक्टर हेरेरा, जोनाथन डोस सान्तोष, ग्योभानी डोस सान्तोष, आन्ड्रेस गार्डाडो, जाभियर अक्युनो, जेसस कोरोना
डिफेन्डरः कार्लोस सल्सेडो, डिएगो रेएज, हेक्टर मोरेनो, ह्युगो अयला, इड्सन अल्भारेज, जेसुस गेलार्डो र मिग्युल ल्यायुन
गोलरक्षकः ग्युलिर्मो ओचोआ, अल्फ्रेड तलाभेरा, जेसुस कोरोना