अर्जेन्टिनी कप्तान लियोनेल मेसीले शनिबार आइसद्ययाण्डविरूद्ध पेनाल्टी मिस गरेपछि अर्जेन्टिना पहिलो पटक १९९० पछिको विश्वकप उद्घाटन खेलमा जित निकाल्न असफल भयो।
मेसीले क्लब र देशका लागि प्रहार गरेका पछिल्ला सातमध्ये ४ पेनाल्टी मिस गरेका छन्।
यसअघि १९९० मा क्यामरुनसँग पहिलो खेलमै पराजित भए पनि अर्जेन्टिना त्यो बेला फाइनलसम्म पुगेको थियो।
विश्वकपको डेब्यूमा आइसल्यान्डले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई बराबरीमा रोकेको हो।
अर्जेन्टिनाले खेल अवधिभर १६ वटा प्रहार गरेको थियो जसमध्ये ११ प्रहार मेसीले मात्र गरेका थिए। तर, कुनैले पोष्टको दिशा लिएनन्।
यो उनले कुनै पनि देशविरुद्ध गरेको सर्वाधिक प्रहार हो।
यस्तै म्यानचेस्टर सिटीका फवार्ड सर्जिओ अग्यूरोले पहिलो पटक विश्वकपमा देशका लागि गोल गरे। यद्यपि उनले राष्ट्रिय टिमबाट भने १९ गोल पूरा गरिसेका छन्।