विश्वकपमा शनिबार भएको खेलमा पेरू डेनमार्कसँग पराजित भएको छ। खेलमा डेनमार्कका लागि युसुफ पउलसेनले ५९ औँ मिनेटमा गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए। उनले गरेको उक्त गोल नै निर्णायक भएको हो। युसुफले कान्टर एट्याकमा गोल गरेका थिए।
खेलको पहिलो हाफमा पेरूले ४५ औं मिनेटमा पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो। तर, पेनाल्टी गोलपोस्टको बारबाट आकासिए पछि पेरू निराश हुनुपर्यो। पेरूका क्रिश्चियन चुएभाले पेनाल्टी मिस गरेका थिए।
जीतसँगै समूह ‘सी’ को एक खेल विजेता डेनमार्क समूहको शीर्षस्थानमा पुगेको छ भने पेरू समूहको अन्तिममा पुगेको छ। पेरुले अर्को खेल फ्रान्सविरुद्ध र डेनमार्कले अष्ट्रेलियाविरुद्ध आगामी बिहीबार खेल्नेछ।
हेर्नुहोस् तथ्याङ्कमा पेरूविरूद्ध डेनमार्क
