विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टी मेसीले मिस गरेका छन्। खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टी मेसीले मिस गरेका हुन्। यो सँगै मेसीले खेलमा अग्रता लिने मौका गुमाएका छन्।
अर्जेन्टिना र विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले अहिलेसम्म बराबरी खेलेका छन्।
मेसीको टिम अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा लिएको अग्रतालाई आइसल्याण्डले २३ औं मिनेटमा रोकेको हो।
अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो। फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्।