रसियामा आयोजित विश्वकप फुटबल समूह ‘सी’ अन्तरगत शनिबारको खेलमा फ्रान्सले अष्ट्रेलियालाई हराएको छ।
अष्टेलियालाई १ का विरुद्ध २ गोल प्रहार गर्दै फ्रान्सले विजयको ढोका खोलेको हो।
खेलको ५८ मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए। जवाफमा अष्ट्रेलियाका जेडिनाकले ६२ मिनेटमा पेनाल्टी सुटबाट गोल गर्दै खेल बराबरीमा पुर्याए।
फ्रान्सका स्यामुयलले ह्याण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टीको मौका पाएको थियो। ८१ मिनेटमा फ्रान्सका पाउलले गोल गरेपछि अष्ट्रेलियाविरुद्ध फ्रान्स विजयी भएको हो।