इजिप्टले मोहम्मद सलाहलाई बेञ्चमा राखेको छ। प्रशिक्षक हेक्टर कुपरले सलाह मैदानमा उत्रने अपेक्षा व्यक्त गरेका थिए। इजिप्टले उनलाई प्लेइङ एघारमा नसमेटेको हो। तर उनी वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गर्ने नगर्ने स्पष्ट छैन।
गत मे २६ मा च्याम्पियन्स लिगको फाइनलमा सलाह घाइते भएका थिए। उनी रियल म्याड्रिडका सर्जियो रामोसँग जुधेका थिए। काँधमा चोट लागेपछि सलाहले पहिलो हाफ अघि नै मैदान छाडेका थिए। सलाह घाइते भएपछि लिभरपुलले उक्त खेल ३ - १ ले गुमाएको थियो।
इजिप्ट र उरुग्वेबीचको खेल अहिले जारी छ।