विश्वकप २०१८ को उद्घाटन खेलमा कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी अनुसार आयोजक रसियाले साउदीमाथि सानदार जित निकालेको छ।
‘एकिलिज’ नामको उक्त रूसी बिरालोले विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक देश रुसले जित्ने भविष्यवाणी गरेको थियो।
बिहीबार राति सम्पन्न खेलमा रूसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै उद्घाटन खेलमा शानदार जित हासिल गर्यो।
बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको हो। दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले दुवै तर्फका प्लेट केहीबेर हेरेर अन्त्यमा रूसी झण्डासँगै राखिएको प्लेटको खाएको थियो, अर्थात रूसले खेल जित्नेछ।
कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको थियो।
यसअघि सन् २०१० को विश्वकपमा अक्टोपस पलले गरेको थियो।