सन् २०१० को विश्वकप फुटबलमा भविष्यवाणी गरेर एउटा अक्टोपसले विश्वभर चर्चा कमाएको थियो। त्यतिखेर अक्टोपस पलले गरेका अधिकांश भविष्यवाणी मिलेपछि उसको चर्चा विश्वभर भएको थियो।
आगामी बिहिबारदेखि मस्कोसहितका विभिन्न सहरमा हुने विश्वकपमा एक कान नसुन्ने सेतो बिरालो एचिलेसले अक्टोपस जस्तै भविश्यवाणि गर्ने भएको छ।
एचिलेसलाई भविश्यवाणिका लागि यसपटक फुटबल टिमको झण्डा अंकित बल राखिने भएको छ । यसअघि अक्टोपस पलले खाना भरिएका दुर्इ बट्टामध्ये एउटालार्इ छानेर विश्व कप विजेताको अनुमान लगाएको थियो।
रोयटर्सका अनुसार रसियाकै सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज म्युजियममा रहेको सेतो विरालोले उक्त भविश्यवाणि गर्ने भएको हो।
‘हामीले एचिलेसलार्इ छानेका छौं, किन भने यो धेरै सुन्दर छे भने उसका निला आँखा छन् । यो कान पनि सुन्न सक्दिन, तर उसको अनुमान धेरै सटिक र मिल्दोजुल्दो हुन्छ,’ बिरालोको स्याहार गरिरहेकी अन्ना कोन्ड्राटियेभाले भनिन्।
कोन्ड्राटियेभाका अनुसार अघिल्लो साल साल एचिलेसले आफ्नो गृहनगरमा खेलिएको कन्फेडरेशन कपका खेलका नतिजाको भविष्यवाणी गरेकी थिइन्। त्यो बेला उसले गरेका कुनै पनि भविष्यवाणी गलत नभएको कोन्ड्राटियेभाले दाबी गरिन्।