काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्याली सुरु भएको छ ।
मतगणनास्थल राष्ट्रिय सभागृहबाट र्याली सुरु भएको हो।
शाहले आज मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि छ।
राष्ट्रिय सभा गृहबाट आज बिहान सुरू भएको र्याली भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला क्षेत्रमा पुग्नेछ।
यस्तै सिनामंगल-एअरपोर्ट-तिलगंगा-गौशाला-चावहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ वसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा हुँदै खुलामञ्चमा र्यालीसहित धन्यबाद सभा गरिने भएको छ।
हेर्नुहोस् तस्बिरहरू:

















