बिहान ७ बजेदेखि सुरू भएको स्थानीय तहको निर्वाचनमा देशभर उत्साहजनक सहभागिता देखिएको छ।
केही छिटपुट घटनाबाहेक उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
देशका विभिन्न स्थानमा बिहानैदेखि मतदाता भोट हाल्न मतदान केन्द्र पुगेका छन्। कतिपय स्थानमा बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन्।
बिहान ७ बजेदेखि शुरु भएको मतदाता साँझ ५ बजेसम्म चल्नेछ। देशभर एक करोड ७६ लाख ३३ हजार ७२३ मतदाता छन्।
बिहान ८ बजे अगाडिनै अधिकांश शीर्ष नेता तथा प्रमुख उम्मेदवारहरूले मतदान गरिसकेका छन्।
हेर्नुहोस् तस्बिरमा



































