सम्पूर्ण संगीत प्रेमीहरूका लागि।
केहीबेरसम्म छेउको मेचमाथि बसेर वरपरका अपरिचित मुहारहरूलाई केलाउँदै थिएँ।
'सक्षम भाइ आऊ। यहाँभित्र कालीप्रसादजी एक्लै हुनुहुन्छ। यसो गफसफ गर, फोटो खिच। उहाँ पुरानो लेखक हुनुहुन्छ। गीतहरू पनि लेख्नु भाछ।'
'अँ थाहा छ दाइ। ‘केही मिठा बात गर’ खुब मनपर्छ मलाई।'
'उहाँ चाहिँ दिनेश अधिकारीजी हुनुहुन्छ। हामीले अस्ति भर्खरै उहाँको ‘पानीको परेड’ भन्ने पुस्तक निकालेका छौं।ु
'नमस्ते। ‘लैजा चरी’ उहाँले नै लेख्नुभएको हैन र?
'नमस्ते। बस न त्यहीँ। उहाँसँगै बस्दा हुन्छ। ल गफ गर्दै गर है। म यतै हुन्छु।'
त्यत्तिकैमा हातमा ‘केही मिठो बात गर’ पुस्तक र पेन बोकेर 'ल है हजुर। म चाहिँ हजुरलाई एउटा कष्ट दिन आइपुगेँ। मेरी श्रीमतीज्यूलाई गिफ्ट दिऊँ कि जस्तो लाग्यो यो हजुरको पुस्तक।'
मुसुक्क हाँस्दै उहाँले सोध्नुभयो 'श्रीमतीको नाम के हो?'
'हजुर कति वर्षको हुनुभयो बुवा?'
'म एट्टी प्लस भइसकेँ।'
'है। हजुरले ‘केही मिठो बात गर’ कति वर्षको उमेरमा लेख्नु भाको थियो, याद छ त?'
'धेरै पहिले।'
'योङ एजमै है?'
'उम्। त्यतिखेर आफै ट्युनहरू पनि बनाउँथेँ।'
'ए हजुरले म्युजिकल इन्स्ट्रुमेन्टहरू पनि बजाउनुहुन्थ्यो?'
'नाइँ नाइँ। त्यतिखेर हिँड्दै गर्दा गाउँदा गाउँदै ट्युनहरू निक्लिन्थ्यो।'
'ए ए ओके। अनि स्वर सम्राट नारायण गोपालज्यूसँग हजुरको गीत कसरी पुग्यो नि?'
'म उता बनारसमा बस्दा किताबहरू पनि छपाएको थिएँ। पत्रपत्रिकाहरूको लागि पनि लेख्थेँ। अनि सायद त्यही पढेर आउनुभएको होला।'
'हामीले त उहाँलाई देख्नै पाएनौं। हजुर त उहाँसँग संगत गरेको मान्छे है। मिल्छ भने केही पुराना किस्साहरू सुनाउनु न।'
'गड गिफ्टेड मान्छे उहाँ (स्वर सम्राट नारायण गोपाल) त। साह्रै मिठो गाउने। उहाँले कहिल्यै मेरो रचनाहरू अरू गायकहरूलाई पठाउनै दिनुभएन। एकचोटि उहाँको रिपोर्ट साह्रै खराब आएपछि मैले सरकारलाई बिन्ती गरेर उपचारको लागि बैंकक पठाउन आग्रह गरेँ। म त्यतिखेर सचिव थिएँ। अनि रानी ऐश्वर्या राज्य लक्ष्मी हुनुहुन्थ्यो। सुरूमा त उहाँले–म जान्नँ मलाई के भाको छ र भन्दै हुनुहुन्थ्यो तर मैले उहाँलाई निकै आग्रह गरेपश्चात, उहाँकी श्रीमती पेमलाले पनि– हो त उहाँले भन्नुभएको कुरो ठिक हो त भनेसी चाहिँ जानुभयो।
अनि एक हप्तापछि फर्केर आउनुभयो। तर पछि फेरि उस्तै। उहाँलाई पिउनुपर्ने धेरै।'
'उहाँ निकै रक्सी पिउनुहुन्थ्यो रे है?'
'अँ‘धेरै धेरै। बाबुको नाम के?'
'मेरो नाम सक्षम आचार्य। तर सबैले मलाई युट्युबको दुनियाँमा चाहिँ 'सक ह्विल्स' भनेर चिन्नुहुन्छ। डाँडाकाँडा हिमालहरूतिर चार्दै भिडिओ बनाउँछु।'
'ए राम्रो राम्रो।'
'कहिलेकाहीँ लेख्ने पनि प्रयास गर्छु।'
'जारी राख्नू।'

'म पनि गाउने बजाउने भनेपछि हुरूक्कै हुने मान्छे। हजुरले लेख्नुभएको गीत साह्रै मनपर्छ। कहिलेकाहीँ रातको समयमा बसेर सुन्दा आनन्द आउँछ।'
'कुन?'
गुनगुनाउँदैस आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचे जस्तै।
मुसुक्क मुस्कुराउँदैस ए‘केही मिठो बात गर।
हजुरसँग आज यहाँ भेट भयो। अनि केहीबेर गफिन पनि पाइयो। साह्रै खुसी लाग्यो। भाग्यमानी नै हो है म।
मुसुक्क मुस्कुराउनुभयो।
त्यसपछि केहीबेर पश्चात “काव्य सभामा” विभिन्न खालका कविहरूबाट फरकफरक ढङ्गले वाचन भएको कविता सुन्ने मौका पाइयो। उहाँले पनि आफू अलि पहिले कामको सिलसिलामा दाङ जिल्ला पुगेको र फर्किने बेला प्लेन छुटेर फेरि अर्को सात दिन त्यही बस्नु परेकोले त्यहाँको परम्परा र संस्कृतिसँग घुलमिल हुने क्रममा जन्मेको — “हाम्री बेटुवाको फुली” यस्तै के नामको कविता वाचन गरेर सुनाउनु भयो।
म लगायत त्यहाँ आर(साला हल भित्र सुनिराख्नु भएको दर्शकश्रोताहरु सबै स्तब्ध हुनुभएको थियो। म त अझ मदहोश नै हुन पुगेछु।
कविरगीतकार श्रवण मुकारुङज्यू भन्दै हुनुहुन्थ्यो कि–प्रधानमन्त्री बा भाको भए कत्ति मज्जाले दुई लाइनमै भन्दिनुहुन्थ्यो। तर मलाई कस्तो भन्नै आएन। जे होस् के भन्थे नि–पहिलेको मान्छे भनेको पहिलेको मान्छे नै हुन्छ। अहिलेकाले जति फुर्तिफार्ती गरे पनि लास्टमा‘।
अलि वर्ष पहिले उहाँकोमा जाँदा पनि सुनाउनु भाको थियो हामीलाई यो कविता। अनि फर्किने बेला हामी सबै निशब्द भएर फर्केका थियौँ। यो चाहिँ उहाँको मास्टर पिस नै हो।
उहाँको अन्तिम प्रस्तुति संगै कार्यक्रम पनि समाप्त भयो।
ल बिमल दाई म लागे है। फेरि छिटै भेटौला।
ओहो१ आचार्य जी हजुर अन्तिमसम्मै बस्नुभा थियो।
अनि, दाईको सुन्नलाई बस्नु परेन त। ल बाइ बाइ।
गेट बाहिर निक्लेको मात्रै के थिए– उनले लेखेका शब्दहरू सुन्न र पढ्न त मज्जा आउने तर भुत्लोभाङ केही नबुझ्ने अर्का लेखकसँग मेरो आँखा जुद्यो।
मुसुक्क हाँसे। उनी पनि मलाई हेर्दै मुसुक्क हाँसे।
ओहो१ उनको त्यो पहिरन, घाँटीभरि बेरिएको त्यो अद्भुत किसिमका मालाहरू, सेतो लामो दारीमाथिको चिल्लो तालु। कस्तो बयान नै गर्न आएन मलाई। तर समग्रमा भन्नुपर्दा एउटा तान्त्रिक भन्दा कुनै कमको देख्खेका थिएनन्।
नमस्ते।
फुर्र ध्वाँलाई हावामा उडाउँदै नमस्तेको मसिनो आवाजमा टाउको हल्लाए। सायद हातमा अझै बाँकी रहेकोले हुनुपर्छ। त्यसैले मलाई इशारा मै नमस्ते फर्काउन चाहिँ असमर्थ रहे उनी ।
अनि अन्तिममा एउटा कुरोस मेरो हिजोको दिनलाई यादगार पारिदिने नेपालय परिवार प्रति सधैँ ऋणी रहनेछु।