थुप्रै उतारचढाव गर्दै आएको जिन्दगी पनि कहिलेकाहीँ फेरि नराम्ररी हल्लिँदो रहेछ।
सन् २०१५ मा म अमेरिकामा थिएँ। नदेखेको अस्पताल, नचिनेको डाक्टर। तर खुब मिजासिली थिइन् ती अन्कोलोजिस्ट।
मैले आफ्नो सबै प्रिभियस रिपोर्ट देखाएपछि उनले भनिन्- तिम्रो ट्रिटमेन्ट एकदम राम्रोसँग भएको छ। हामीले यहाँ अमेरिकामा गर्ने ट्रिटमेन्ट पनि उही हो। अलिकति प्रोटोकल फरक हुनसक्थ्यो होला। कुनै अगाडि, कुनै पछाडि अदरवाइज ट्रिटमेन्ट इज सेम।
'स्टिल यू ह्याब २० परसेन्ट रिस्क टु रिकरेंस। यू आर लक्की ड्याट यू आर हियर। क्लिनिकल ट्रायल इज गोइङ अन, आई रिकमेंडेड यू टू भिजिट फलानो डाक्टर फलानो क्लिनिकमा' भनी।
'तर त्योभन्दा अगाडि आफ्नो परिवारसँग पनि सल्लाह गर।'
'यदि तिमी मेरी आफन्त थियौ भने म तिमीलाई यो क्लिनिकल ट्रायलको 'नेरातिनिभ' औषधि लिऊ भन्छु,' उनले विश्वस्त भएर भनिन्।
मेरो परिवारका सबै डाक्टरहरूसँग सल्लाह गर्दा उनीहरूले त्यो थप उपचारका लागि जाने नै सल्लाह दिए।
हामी एकपटक फेरि मेरो अमेरिकन अन्कोलोजिस्टको सल्लाह बमोजिम उसको रिकमेन्डेसन लेटर लिएर तोकिएको डाक्टर र क्लिनिकमा गयौं।
सबै जाँच गरेँ। म क्लिनिकल ट्रायलको लागि योग्य भएँ।
'नेरातिनिभ' भन्ने औषधि १० वर्ष देखिको रिसर्चबाट करिब करिब फाइनल स्टेजमै पुगेर एफबिआईले एप्रुभल दिएपछि बजारमा बिक्रीको लागि आउने नजिक पुगिसकेको समय रहेछ। म त्यो ट्रायलको करिब करिब अन्तिम बिरामी जस्तै रहेछु।
औषधि सुरू गरे उनीहरूले। सन् २०१६ को मार्चदेखि।
औषधि खान सुरू गरेँ। उनीहरूले मलाई औषधिको साइड इफेक्टको बारेमा सुरूमै जानकारी गराएका थिए।
औषधि खान सुरू गर्नुअघि नै उनीहरूलाई मैले भनेकी थिएँ, 'यो औषधि अमेरिकनको लागि हो म एसियन परेँ, म त साइजमा अमेरिकनभन्दा आधा छु नि, त्यसैले मेरो लागि डोज अलिकति घटाउनु पर्ला।'
'तर तिमीले त्यो क्लिनिकल ट्रायल भएकोले ३ महिना त प्रोटोकल फलो गर्नैपर्छ,' उनीहरूले भने।
डाक्टरले तोकेको डोजअनुसार नै औषधि खान थालेँ। साइड इफेक्ट त देखिन थालिहाल्यो। सुरूमा डाक्टरले भने अनुसार नै भयो। किमोले सुन्निएको मेरो शरीर बिस्तारै आफ्नै बनोटमा आउन थाल्यो।
त्यो तीन महिना मलाई निक्कै गाह्रो भयो। तीन महिनापछि त मैले भने बमोजिम नै डोज घटाए उनीहरूले। डायरिया अनुसार आफै डायरियाको औषधि घटबढ गर्नू भनेर विश्वास गरेर मलाई अधिकार दिए। तर हरेक कुराको रिपोर्टिङ चाहिँ हामीलाई गर्नू भनेकी थिइन् डाक्टरले।
नर्सलाई मेरो शरीरको हर एक एक्टिभिटीजको रिपोर्ट पठाउनु पर्थ्यो।
मैले एकपटक हाँसेर भनेकी थिएँ 'सी आई टोल्ड यू, आई एम एसियन एण्ड आवर बडी स्ट्रक्चर आर हाफ द्यान अमेरिकन्स।
'नेरातिनिभ' मेडिसिनको डोज कुनै घटबढ नगरे पनि त्यसको साइड इफेक्ट डायरिया कण्ट्रोलको मेडिसिन मैले आफ्नो जरूरत अनुसार मात्र खानु भने उनीहरूले र मैले सोही अनुसार गरेँ। म आफू साइड इफेक्टबाट आफ्नो कण्ट्रोलमा राख्दै पूरै एक वर्ष उक्त उपचारमा रहें।
मलाई सन् २०१४ मा भएको मेरो ब्रेस्ट क्यान्सरको उपचारपछिको सन् २०१६ मा यो थप उपचार थियो। यो औषधिले क्यान्सर दोहोरिने २० प्रतिशत चान्सलाई घटाएर १० प्रतिशत (उनीहरूको भनाइ अनुसार) मा ल्याउन सकिन्छ भन्ने विश्वास गरिएको छ।
यो क्लिनिकल ट्रायलमा के कति दुःख भोगियो त्यसको आफ्नै कथा छन्। त्यो विस्तारमा लेख्दै गरूँला। तर यो औषधिले ममा अब नदोहोरिने भन्ने कुराको जुन लेभलको आत्मविश्वास बढायो त्यो महत्वपूर्ण छ।
यो उपचार औषधि 'नेरातिनिभ' एफबिआईले अनुमति दिएर अहिले बिक्री वितरणको लागि बजारमा आइसकेको छ।
सन् २०१६ मा मैले खाँदा त्यो ट्रायलको रूपमा भएकोले मलाई निःशुल्क उपलब्ध गराइएको थियो।
एक वर्षे त्यो उपचारको क्रममा मैले डाक्टरलाई सोधेकी थिएँ मसँगै यो औषधि सुरू गरेका सबैले कोर्ष पूरा गर्न सके त? यो क्लिनिकमा आएकामध्ये म जस्तै सहेर कोर्ष पूरा गर्ने कति जना भए? गोपनीयताको कारणले उनीहरूले मलाई संख्या भन्न मिल्दैन भने। तर हाँसे अनि भने- यू डिड कप्लिट्ली वेल वसुधा।
त्यसपछिका १० वर्ष बिना कुनै शंकामा बित्यो। वर्षको एक पटक रेगुलर चेकअप। म्यामो, यूएसजी। कहिले अमेरिका, कहिले नेपाल, कहिले भारत गरेर।
हरेक रिपोर्ट राम्रै आउँथ्यो 'नो क्यान्सर इभिडेन्स फाउण्ड'
सन् २०२२ मा अस्ट्रेलिया गइयो। जिपी( डाक्टर) ले रिकोमेन्ड गरेको क्यू स्क्यानमा गइयो। त्यहाँ म नयाँ भएकोले सुरूदेखिको इति वृत्तान्त कहियो।
म्यामो स्क्यान गरी। निक्कैबेर लगाइन् डाक्टरलाई रिपोर्ट देखाएर ल्याउन। मैले भनें- क्यान आई टॉक टू डाक्टर? उनले भनिन्- व्ह्याई नट? लेट मी आस्क डाक्टर।
एकछिनमा डाक्टर आइपुगे। डाक्टरसँग मैले आफै सबै कुरा भनेँ।
भारतको दिल्लीमा अपरेसनदेखि अमेरिकाको थप उपचारदेखि नियमित म्यामोको कुरासम्म।
उसले भन्यो- पहिलाको स्क्यानको फोटो छ?
मैले भने- यस वी मे ह्याब एट होम।
घर गएर स्क्यानको फिल्मफोटो दियौं। पछि नयाँ रिपोर्ट आयो नर्मल,सधैं जस्तै। नो क्यान्सर भनेर। डाक्टर भेटेँ, कुरा गरेँ। आफूलाई पनि ढुक्क भो। डाक्टर पनि मन पर्यो।
सन् २०२४ मा फेरि नियमित क्यालेन्डर अनुसार क्यू स्क्यान गइयो जिपिको पेपर लिएर। अस्ट्रेलियामा क्यू स्क्यानमा टेलिफोन नउठानु सामान्य नै भैगो। श्रीमानजी र म आफै गएर नाम लेखाइयो। डेट त उही त हो महा क्यू महिनौं पछिको पाइयो।
आफ्नो पालोमा म्यामो गरियो, यूयसजी पनि गरेँ। स्क्यान गर्ने मान्छे गत वर्षकै थिइन्। 'डन वसुधा' भनिन्।
यसपटक डाक्टर म निर आएन पनि, मैले भेट्छु भनेर बोलाइनँ पनि।
मैले सोचेँ गत वर्षकै डाक्टर त होला नि। उसलाई मैले आफ्नो प्रिभियस सबै कुरा भनिसकेकै छु क्यार। किन भेटिराख्नुपर्यो र!
काउण्टरमा पैसा तिरियो। रिपोर्ट जिपीको मै आउँछ भन्यो। हामी सधैंझै घर गयौं।
त्यसको २-४ दिनपछि मेरो मोबाइलमा म्यासेज आयो।
'योर रिपोर्ट इज रेडी, भिजिट योर डाक्टर।'
२ दिनपछि जिपीकहाँ गइयो। जिपीले भन्यो- तिमीलाई बायोप्सी रेकोमेन्ड गरेको छ। एकचोटी बायोप्सी गर, त्यस्तो गाह्रो केही हुँदैन।
मेरो मन चिसो भयो, ह्वाई बायोप्सी?
केही नबोली घर आइयो। घरमा पुरानो देखिको सबै रिपोर्ट हेर्दा सबै एउटै छ, केही फरक छैन। केबल रिपोर्टको पुछारमा रेडियोलोजिस्ट डाक्टरको एक लाइन हस्त लिखित छ। 'बायोप्सी रिकोमेन्डे'
हामीले फेरि जिपीसँग टाइम लियौं। मैले जिपी (आफ्नो पर्सनल डाक्टर) लाई भनेँ- मैले सेल्फ एक्जामिन पनि गरिराख्या छु नो एनी चेन्जेज। रिपोर्ट आर द सेम एज लास्ट इयर। आई डोन्ट वान्ट टु डु बायोप्सी।
जिपीले एकचोटि फेरि भन्यो- खासै दुख्दैन एकचोटि गर न त।
मैले फेरि पनि नाइँ भनेँ।
त्यसपछि मैले सोधेँ- लास्ट इयरकै रेडियोलोजिस्ट हो?
जिपीले भन्यो 'होइन।'
ऊ अहिले बिदामा छ। ऊ आएपछि म एकचोटि फेरि सोध्छु भन्यो। हामी घर आयौं।
मलाई धेरै बेचैनी भयो। हातले छामेको छाम्यै गरेँ। केही नयाँ फिल भएन। तर डाक्टरको त्यो एक लाइनले धेरै बेचैन गरायो।
पहिलो पटक जस्तो चिन्ता नभए पनि १० वर्षको बोनस लाइफ बाँचेँ अब पनि यदि क्यान्सर हो भने बाँच्दिनँ होला भन्ने चाहिँ मनमा आइरह्यो। थुप्रै कुराले मन चिन्तित चाहिँ खुबै बनायो। रूवायो पनि।
हप्ता बित्यो, महिना बित्यो। जिपीबाट कुनै खबर आएन। एकदिन श्रीमानले कडासँग जिपीलाई म्यासेज लेखेपछि उसले म फेरि कुरा गर्छु भन्यो। डाक्टर छुट्टीबाट फर्केको छैन भनेर फेरि रिप्लाइ गर्यो।
क्यानबेरा बस्नै मन लागेन मलाई। मन बेचैन भइरह्यो। त्यही बेला कैलाशजीको काम क्यानबेरा बाहिर पर्यो। म पनि उहाँसँगै गएँ।
करिब करिब २ महिना जति पनि कुनै प्रतिक्रिया नआएपछि फेरि जिपीसँग कुरा भो। अब उसले मेरो एउटा फ्रेन्ड डाक्टर छ म उसँग कुरा गर्छु भन्यो।
त्यो बेलासम्म मलाई चाहिँ के लागेको थियो भने मेरो यदि फेरि अपरेसन गर्नुपर्यो भने म अस्ट्रेलियामा त गर्दै गर्दिनँ, इन्डिया नै गएर आफ्नै डाक्टरसँग गराउँछु।
यसपटक जिपीले बिहान आफै फोन गर्यो। 'यो क्यान्सर होइन।'
त्यो फोनले हामीलाई खुसी बनायो। लामो सास फेरें, खाना खान पनि मनलाग्यो।
दिउँसो जिपीकहाँ गएँ। 'दिस इज नट क्यान्सर' उसले अघि फोनकै कुरा दोहोर्यायो।
मैले भनेँ- डाक्टरले इभिडेन्स बेस्ड भएर होइन कि आफ्नो मनले बायोप्सी गर्न सुझाव दिएको कारण म लगायत मेरो परिवारमा यो अवधिमा भएको स्ट्रेसको परिणामको बारेमा कसले सोच्छ? मलाई कति चिन्ता भयो यो कसैले फिल गर्न सक्छ?
जिपीले नमिठो मुख लगायो र भन्यो- आई क्यान फिल, आई क्यान अण्डरस्ट्यान्ड वसुधा। प्लिज डोन्ट गेट मोर स्ट्रेस। यू आर फाइन। स्टे हैप्पी।
मैले भनेँ- प्लिज डोन्ट सेन्ड मी अगेन टू दोज टाइप्स अफ डक्टर्स।
प्रिन्टेड रिपोर्टको मुनि एउटा डाक्टरले आफूलाई मन लाग्यो भन्दैमा या इस्योरेन्सले कस्ट कभर गरिहाल्छ नि भनेर आफूखुसी बिना कुनै इभिडेन्स ह्याण्ड रिटन 'बायोप्सी गर' त्यो एक लाइनले म लगायत हाम्रो परिवारलाई दिएको स्ट्रेस मदेखि बाहेक अरू कोही नेपाली या विदेशीले सायदै सहेर बस्थेँ होलान्।
तीन महिनापछि फेरि एकपटक युयसजी गरियो। रिपोर्ट नर्मल आयो। ढुक्क भयो।
कुनै पनि डाक्टरले इस्योरेन्सले कभर गरिहाल्छ नि भन्ने लागेर होस् या अन्य कुनै कारणले हचुवाको भरमा मनखुसी हस्त लिखित रिपोर्ट नलेख्नू है। क्यान्सर/बायोप्सी शब्द खेलाँची हैन। यसले मानिसलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि दुःखित बनाउँछ। यस्तो गम्भीर कुराले मानिसको मन नमिठोसँग बिथोलिन्छ।