सुनले भाउमा रेकर्ड बनाउँदै छ। जसको समाचार जता पनि देखिन्छ। त्योसँगै तपाईंले बिहे गर्दा कति थियो सुनको भाउ? शिर्षकमा सेतोपाटीमा लेख नै आएको थियो।
जहाँ राजनीतिककर्मीदेखि व्यवसाय लगायत लगभग सबै क्षेत्रका व्यक्तित्वहरूले अनुभव साटेका थिए। १ सयदेखि ५० हजार प्रति तौल सुनको मूल्य उनीहरूको बिहे हुँदा थियो।
समाचार नै बन्ने मूल्य भएपछि यसको बारेमा कुरा नहुने त कुरै भएन।
सँगै बस्ने साथीले सुनाउँदै थियो, ‘बिहे गर्न पनि गाह्रो हुने भयो १५० हजार पर्ने प्रति तोला सुन भएछ र बिहे मात्रै सुनले हुँदैन बिहेमा त अरू धेरै कुरा चाहिन्छ, मेरो र मेरो प्रेमिकाको अनुसार हुने भयो भने खर्च नै खासै लाग्दैन नि तर समाजदेखि परिवारका कुरा सुन्नै पर्छ,’ उसले थप्यो।
उसको कुरा जायज लाग्यो।
बिहे गर्न सजिलो छैन नि। जीवनका महत्वपूर्ण भागमध्ये एक बिहे हो, जहाँ दुई मनका मिलन मात्रै हैन दुई परिवार लगायत समाजको सम्बन्ध जोडिन्छ। चिनेको होस् या नचिनेको होस् बिहे गर्न जोडी खोज्न अति आवश्यक रहन्छ।
पढाइ सकियो, जागिर पायो, केही गरेन, परिवारमा हेरचाह गर्ने कोही भएन अन्य विभिन्न अवस्थामा बिहेका लागि ‘प्रेसर’ आउने गर्छ तर सजिलै छ त बिहे गर्ने? भने प्रश्न मनमा कयौँपल्ट उब्जिन्छ। जुन मनमा खुम्चिएर बिना उत्तरले बसेको छ।
समयसँगै बिहेको रितिरिवाज समुदाय अनुसार फरक हुँदै गइरहेको छ। सस्तोदेखि महँगो बिहे हुने गरेको अवस्था छ। कतिपय संस्कृत थपिँदै गइरहँदा वास्तविक विधि या संस्कृतिलाई घटाउनमा प्रोत्साहित गरेको छ। यी विधिले गर्दा समयसँगै खर्च बढेको छ।
बिहेको लामो प्रक्रियामा अहिले कतिपय अवस्थामा आदर्श बिहे गर्ने बढिरहँदा ‘कोट म्यारेज’ पनि भइरहेको छ। समाजमा व्यक्तिहरूबीच बिहे भइरहँदा अन्य केहीले भव्य ‘पार्टी प्यालेस’ मा पनि बिहे गर्ने गर्छन् भने केहीले सामान्य रूपमा घरमै गर्छ। यसले अविवाहितलाई यसरी नै बिहे गर्नका लागि सामाजिक तथा मानसिक रूपमा अस्वाभाविक दबाब दिने गरेको हुन्छ।
यसको अनुभूति नभए पनि जुन आफूबाट सम्भव हुन्छ त्यही अनुरूप बिहे गर्नका लागि ‘प्रेसर क्रेट’ भइरहन्छ जस्तो कि महँगा लुगा, भव्य ‘पार्टी प्यालेस’ लगायत अन्य महँगा सरसम्मान, धुमधाम सहित हुनुपर्छ भने विभिन्न रूपमा दबाब महसुस हुने गर्छ।
आफ्नो इच्छा अनुसार बिहे गरिनुपर्छ या आफ्नो बिहे गर्नका लागि सपना देखेको हुन्छ, त्यसको दाहसंस्कार गरी समाजमा गरिने बिहेको प्रकृतिको बहुमतले तय हुन्छ। अन्यको देखासिकी गरेर आफ्ना नजिकका व्यक्तिहरूको चाहना महत्वपूर्ण हुन्छ जुन पूरा गर्ने बाहेक अन्य ‘अप्सन’ हुँदैन।
जति समाज विभिन्न माध्यमबाट विकसित हुँदै गइरहेको छ त्यसरी अन्य गतिविधिको प्रकृति पनि विकसित भइरहेको छ जसमा जीवनको महत्वपूर्ण बिहे पनि हो।
म बिहे गर्नका लागि तयार भए अब मेरो लागि हुनेवाली खोजिन्छ जुन मलाई भन्दा पनि परिवार र समाजका केही व्यक्तिहरूलाई मन पर्नुपर्छ चाहे उनीसँग जीवनको यात्रा म नै तय गर्छु। यदि म आफैले खोजेँ त्यसको स्वीकृति मेरा परिवारले दिए पनि महत्वपूर्ण मेरो समाजले दिनुपर्छ। जबकि उनीहरूको भूमिका हरेक गतिविधिमा सरिक हुने देखि लिएर कुरा बनाउने मात्रै हुन्छ।
बिहे तय भयो। अब हुने विधि या संस्कृतिहरूको सुनिश्चित मेरा घर नजिकको पछिल्लो बिहे जसको भएको हुन्छ त्यसको अनुसार हुन्छ। त्यति मात्रै कहाँ हो र, सामाजिक सञ्जालमा ‘ट्रेन्डिङ’ हुने अनुसार फिक्स हुन्छ। जहाँ म अभिनय गर्ने अभियन्ता मात्रै हुन्छु।
‘आफ्नो बिहेमा त आफ्ना इच्छालाई मार्नुपर्छ’ भन्ने कुरा पवनले चिया भेटमा भनेको कुरा सम्झना पनि छ।
बिहे पनि सक्यो त्यसपछि केही समय फलानाले के भन्यो त्यो सुन्नमा जान्छ।
‘उसले बिहे गरेको बेहुली यस्ती छे, उस्तो छे, यो गर्न आउँदै अरे,’ कयौँ उसका देखिएका नदेखिएका गुनका चर्चा परिचर्चा हुन्छ।
कसरी गर्नु त बिहे? यो प्रश्नको उत्तर खोज्न जरूरी छ जुन प्रश्न जीवनका भरीको लागि अनुउत्तरित रहन्छ त्यो थाहा छ। आफ्नो बिहेमा कति खर्च गर्ने? कसरी गर्ने? कसलाई बोलाउने? के के विधिहरू गर्ने? कस्ता फोटा खिच्ने बोलाउने ? जस्ता कयौ प्रश्न हुन्छ तर उत्तर आफूसँग हुँदैन।
वास्तवमा बिहे कसरी हुन्छ? यी प्रश्नका उत्तर खोज्न तपाईंहरूलाई छोडेँ है।