पर्व ग्रहणको अर्को नाम हो। अतः पर्वेश, ग्रहणेश, ग्रहणाधिपति वा ग्रहण चक्रपति आदि सबै नाम सार्थक हुँदाहुँदै पनि पर्वेश शब्द संहिता ग्रन्थोक्त छ।
ऋषिहरुले अनुभव गरेका थिए कि ग्रहणको मूल प्रभावा यसका पर्वेशबाट नियन्त्रित हुन्छ। भन्न सक्छौं कि सारोसचक्रको झैं हाम्रा ऋषिहरूले पर्वेश वा पर्वचक्रको कल्पना गरिराखेका थिए।
उनीहरूले सृष्टिको आदिबाट क्रमशः ६–६ चाद्रमास वा १७७.१८ दिनको एक एकवर्ष मान्दै क्रमिक पर्व निश्चय गरेर प्रत्येक पर्वको एक अधिपति देवता मानेका छन्। सात पर्वेशहरुको नाम यस्तो छः
१. ब्रह्मा, २. चन्द्रमा, ३. इन्द्र. ४. कुबेर, ५. वरुण, ६. अग्नि, ७. यम।
यूनानी ज्योतिषी टालमी एतयझिथले ग्रहण चक्रबारे उल्लेख गर्दै विश्वको प्राचीनतम ज्ञाततीन ग्रहणको उल्लेख गरेका छन् जो ७१९–२० ई.पू. को हो। तर, योभन्दा धेरै अगाडि ऋग्वेद, ५.४ मा संसारको सबैभन्दा पूरानो खग्रास सूर्य ग्रहणकोराम्रो वर्णन छ। ऋग्वेदमा स्प्ष्ट हुन्छ कि पूर्वीयलाई ग्रहण र त्यसको शुद्ध गणित राम्रो तरिकाबाट आउँथ्यो।
ग्रहण चक्रको माध्यमबाट नै यूनानीहरूले चन्द्रमाको मध्यम गति र उत्तरायणको आरम्भबिन्दुको निश्चय गरेका थिए, जब कि यो कुरा हामीलाई आजभन्दा लगभग ३५०० वर्षअगाडि वेदांग ज्योतिष कालमा नै ऐना जसरी स्पष्ट थियो। ग्रहण गणनामा आजकल यूरोपियन वास्तवमा हामीभन्दा अगाडि पुगे, तर सत्रौं शताब्दीसम्म पूर्वीयभन्दा धेरै पछि नै थिए। जन्तर–मन्तर (मानव निर्मित खगोलिय ल्याब) का संस्थापक जयपुरका महाराज जयसिंहले कति चोटि अंग्रेजको प्रतिस्पर्धामा ग्रहणको शुद्धगणना गरेका थिए।
पहिले नै भनिसकेको छु कि सामान्यतः ग्रहणमा १७७ दिनको समय अन्तर रहन्छ। यस सामान्य समय सीमाको उल्लंघन जबजब हुन्छ अर्थात् एक वर्षमा ३–४ सूर्य ग्रहण छ भनेयो स्थिति अनिष्टकर बुझ्नु पर्दछ।
यस्ता वर्षमा विशेषतया जुन देश प्रदेशमा यो ग्रहण देखिन्छ, विशेष परिवर्तन हुन्छ। यी परिवर्तनको आनुषंगिक प्रभाव धेरै वर्षसम्म पनि अनुभवमा आइरहन्छ। संहिता ज्योतिषअनुसार ग्रहण ठूलो परिवर्तनको प्रधान कारणमध्ये एक हो।
आजको ग्रहणको सामाजिक प्रभाव के कस्तो रहन्छ?
२०७४ माघ १७ गते , तिष्यको अंतिम एवं अश्लेषा नक्षत्रको पहिलो चरण, कर्कट राशिमासाँझ १७:३२ मा स्पर्श हुने भए पनि १७ बजेर ५५ मा चन्द्रोदयपछि देखिने गरी प्रारम्भ भएर १९ बजेर १६ मिनेटमा मध्य भर्इ २० बजेर ५७ मिनेटमा मोक्ष हुने गरी चन्द्र ग्रहण लाग्ने छ।
संहिता ज्योतिष अनुसार यो ग्रहणमा परेको विभिन्न प्रकारका संयोगहरूले पार्न सक्नेप्रभाव यस प्रकार छ। यसपालि वरूण पर्वमा ग्रहण परेको छ, जसको फल – वारुण पर्व – शासक र नेताहरुकालागि अशुभ, अतिवृष्टिको सम्भावना, बाढी आदिबाट हानि, जन सामान्यमा शान्ति रहन्छ ।
१. प्रथम सप्तम भागमा ग्रहणको प्रारम्भ हुनु -
धर्म वा धार्मिक आस्था, क्रिया एवं धार्मिक अन्धानुकरणको कारण अशान्ति हुन्छ। समुद्रीयात्रा, वनवासी, समुद्र मार्गको व्यापारी, आदिवासीलाई कष्ट हुन्छ।
२. द्वितीय भागमा मोक्ष भएकाले किसान, खेति गर्ने मजदूर, पशुपालक, स्थानीय नेता, सेनापति र सैन्य अधिकारीलाई शुभ हुन्छ।
संहितामा महिना एक औंशीको अन्तबाट अर्को औंशीको अन्तसम्म हुन्छ। अतः जब कुनैपूर्णिमामा चन्द्र ग्रहण भयो र पक्षान्तमा औंशीमा सूर्य ग्रहण भयो भने एक महिनामा दुइग्रहण बुझ्नु पर्दछ।
२०७४ माघ १७ को र ७५ श्रावण ११ को चन्द्र ग्रहण पछिको औंशीमा खण्डग्रास सूर्य ग्रहण पर्दछ जुन हाम्रो नेपालबाट देखिँदैन। यस्तो हुँदा अनीति, दुराचार, दम्पतिहरूमा प्रेमको कमी एवं विवाद, तनाव र झुट–फटाही बढ्दछ।