हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटबीच आधिकारिक रूपमा डिभोर्स भएको छ।
उनीहरूबीच ८ वर्ष कानूनी प्रक्रिया चल्यो। उनीहरूले सोमबार आफ्ना डिभोर्सका सर्तमा सहमत जनाएका हुन्।
'डिभार्सको समहति गरेर एन्जेलिना राहत महसुस गरिरहेकी छन्' एन्जेलिना जोलीका वकिल जेम्स साइमनले भने, 'साच्चै भन्नु पर्दा एन्जेलिना थाकिसकेकी थिइन्।'
उनीहरूबीच फ्रान्समा शैटो मिराभल वाइनयार्डलाई लिएर अझै विवाह भइरहेको छ। ब्राडले एन्जेलिनामाथि आफ्नो सहमति बिना उक्त वाइनयार्ड बेचेको आरोप लगाएका छन्। उनीहरू यो केस आफ्ना वकिलको माध्यमबाट मिलाउँदैछन्।
एन्जेलिनाले सन् २०१६ मा डिभोर्सको आवेदन दिएकी थिइन्। उनले विरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।
सन् २००४ मा एन्जेलिना र ब्राडको भेट 'मिस्टर र मिसेस स्मिथ' फिल्म छायांकनका बेला भएको थियो। त्यसपछि उनीहरुको भेट प्रेममा बदलियो र सन् २०१४ मा उनीहरुले बिहे गरे।
बिहे भएको दुई वर्षपछि नै मनमुटावका कारण एन्जेलिना र ब्राड एकअर्काबाट टाढिए। सन् २०१९ मा दुबैले आफूहरू अरू कोहीसँग सम्बन्धमा दाबी गरेका थिए।