बलिउड नायक अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन्। अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएको भारतीय मिडियाले जनाउका छन्।
यसअघि अक्षयले भारतमा लकडाउन सकिएसँगै आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १ सय ८ करोड पुर्याएका थिए। त्यसको केही समयपछि माग बढेको भन्दै उनले पारिश्रमिक १ सय १७ करोड पुर्याएका थिए। यद्यपी बजारमा आफ्नो चर्को माग भएपछि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका समाचारमा जनाइएको छ।
अक्षय आगामी वर्ष पुरै व्यस्त छन्। उनको हातमा आधा दर्जन बढी चलचित्र छन्। सन् २०२२ मा रिलिज हुने चलचित्रका लागि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन्।
अक्षयका चलचित्रले हलबाट १ सय करोड भन्दा बढी कमाउने गरेका छन्। उनका चलचित्रको टेलिभिजन राइट्स ९० करोडमाथि बिक्री भइरहेका छन्।