सुपरहिट फिल्म 'कबड्डी' को पाँचौं श्रृंखलाको छायांकन सुरू भएको छ। मंगलबारदेखि हिमालपारीको जिल्ला मुस्ताङमा 'कबड्डी ५' को छायांकन सुरू भएको हो।
सोमबार प्रसिद्ध मुक्तिनाथ मन्दिरमा 'कास्ट एन्ड क्रू' को उपस्थितिमा फिल्मको शुभसाइत पूजा गरिएको थियो। रामबाबु गुरूङ निर्माता तथा निर्देशक रहेको फिल्मको छायांकन सेड्यूल ३५ दिन राखिएको छ।
फिल्ममा अघिल्लो भागदेखि देखिँदै आएका दयाहाङ राई, मिरूना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की पाँचौ भागमा देखिनेछन्। यस श्रृंखलामा अभिनेता विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरूङ पनि जोडिएका छन्। कलाकारहरू छायांकनस्थल पुगिसकेका छन्।
बाँसुरी फिल्म्स प्रालिको ब्यानरमा ‘कबड्डी ५’ निर्माण हुन लागेको हो।
'कबड्डी' का अघिल्ला सबै श्रृंखलाले बक्स अफिसमा आक्रामक व्यापार गरेका थिए।
