लभस्टोरी कथामा फिल्म 'पुष्पलता' बनाउने घोषणा गरिएको छ। नयाँ वर्ष २०८२ अवसर पारेर यो फिल्मको निर्माण घोषणा गरिएको हो।
ओम वायुपुत्र फिल्म्स् प्रोडक्सन प्रा.लिको ब्यानरमा बन्ने फिल्म सुनिल निउरेले लेखन तथा निर्देशन गर्नेछन्। फिल्ममा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन।
पछिल्लो समय बनिरहेको प्रेमकथानक फिल्मभन्दा फरक प्रेम कथामा ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए। थुप्रै फिल्ममा सहायक निर्देशन तथा लेखकको रूपमा काम गरेका उनको यो ठूलो पर्दामा डेब्यु निर्देशन रहनेछ।
फिल्मको दुइटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक थिम पोस्टरले फिल्म प्रेमकथामा बन्ने झलक दिएको छ।
यसको कास्टिङ डाइरेक्टर संजोग रसाइली छन् भने फिल्ममा हर्क साउदको शब्द, शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ। प्रोडक्सन डिजाइनर प्रकाश हमाल छन्।
फिल्मको छायांकन आगामी भदौमा गर्ने तयारी छ।