फिल्म 'अभिमन्यु' मा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित भएकी छन्।
उनी 'पूर्ण बहादुरको सारंगी' निर्माता विनोद पौडेलको फिल्ममा अनुबन्धित भएकी हुन्। निर्माता पौडेलले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन्। 'अभिमन्यु' आगामी भदौ २७ गते रिलिज हुनेछ।
फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ।
यो फिल्म विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।
सेभेन सिज फिल्मको प्रस्तुति निर्माण हुने फिल्म 'अभिमन्यु' लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यू निर्देशकीय फिल्म हो।
मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि फिल्म 'बाटो: रोड टु डेथ' निर्देशन गरेका थिए।
यो फिल्ममा शरद महतोको डिओपी रहने छ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।
