आज शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
ऋषिराज आचार्य निर्देशित फिल्म 'द्रौपदी' र केशव पाण्डे निर्देशित फिल्म '११:५५- डु नट ट्रस्ट एनिवन' प्रदर्शनमा आएका हुन्।
फिल्म 'द्रौपदी' मा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी, ऋषिराज आचार्यलगायत कलाकारको अभिनय छ।
फिल्ममा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ। फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सहनिर्माता हुन्।
आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन्।
क्राइम थ्रिलर फिल्म '११:५५- डु नट ट्रस्ट एनिवन' मा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ। यसमा लेखन निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको छ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। कार्यकारी निर्माता एमएस अग्रज हुन्।