कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङहङविरूद्ध अर्धसतकीय पारी खेलिसकेका छन्। ५९ बल खेलेका मल्लले ९ चौकासहित ५१ रन पुरा गरेका हुन्। यसअघिका दुई खेलमा जम्न नसकेका मल्ल अहिले जमेर खेलिरहेका छन्।
२१५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर १७ ओभरको समाप्तीमा ७३ रनमा खेलिरहेको छ।