प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन हुँदैन कि भन्ने प्रश्न गर्ने अवस्था अव नरहेको बताएका छन्। प्रधानमन्त्री दाहालले निर्वाचनको तयारी धेरै अघि बढिसकेको उल्लेख गर्दै मधेशी मोर्चा पनि सहभागी हुने दाबी समेत गरे।
साताव्यापी चीन भ्रमण पूरा गरी बुधबार बिहान स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै चीनियाँ राष्ट्रपति सहितको उच्च नेतृत्वले पनि सबै दलको सहमतिमा निर्वाचन सम्पन्न होस भन्ने शुभकामना दिएको पनि जानकारी गराए।
प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक स्थिरता कायम रहोस् भन्ने चिनियाँ चाहना रहेको पनि उल्लेख गरे।
प्रधानमन्त्री दाहालले चीन भ्रमण सफल भएको दावी समेत गरे । उनले चिनिया राष्ट्रपति सी जिनपिङ र चिनियाँ उच्च नेतृत्वहरुसँगको आफ्नो भेटपछि दुई देशबीचको सम्बन्ध विस्तार र थप मजदुत हुने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण छिट्टै हुने विश्वास पनि व्यक्त गरेका थिए।
आफूले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई गरेको नेपाल भ्रमणको निमन्त्रणाबारे स्मरण गराएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिले दुवै देशको अनुकूल हुनेगरी आफूले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी दिएका थिए।
प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा भाग लिन नेपाली टोलीको प्रनितिधित्व गर्दै गत १० गते चीन प्रस्थान गरेका थिए। चीन बसाईका क्रममा उनले चिनियाँ राष्ट्रपति पीङसँग शिष्टाचार भेट गरी वान बेल्ट वान रोडको चिनियाँ अवधारणा अघि बढाउने प्रतिवद्धता जनाएका थिए। भेटमा चिनियाँ रेल लुम्विनीसम्म ल्याउने, तातोपानी नाका खुलाउने र अघिल्लो सरकारले गरेका पारबहन तथा व्यापार सम्बन्धि सम्झौंता कार्यान्वयनको कामलाई तीव्र गतिमा अघि बढाउने विषयमा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई मुलुकबीच विश्वासको वातावरण समेत थप सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भ्रमणकै क्रममा चिनियाँ राष्ट्रपति पीङले नेपालको स्थानीय तहको निर्वाचनमा सानो सहयोग भन्दै करिव १३ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गरे।
.JPG?1490780438310)
.JPG?1490780453840)
.JPG?1490780465853)
.JPG?1490780478549)
.JPG?1490780488494)
.JPG?1490780497288)
.JPG?1490780513101)
.JPG?1490780522136)
.JPG?1490780534826)
.JPG?1490780547101)