मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। बाँकेको गुनानामा प्रहरीमाथि मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर आक्रमण गरेपछि प्रहरीले सुरूमा अश्रूग्यास र पछि भीडलाई नियन्त्रण गर्न २ राउण्ड हवाइ फायर गरेको बाँकेका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए।
घटनामा कोही घाइते नभएको र २ जनालाई पक्राउ गरिएको बस्यालले जानकारी दिए। प्रहरी र मोर्चाका कार्यकर्ताबीच नेकपा एमालेकोसभास्थलदेखि १५ किमि पश्चिममा झडप भएको हो।
अहिले अवस्था सामान्य रहेको उनले बताए।