जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि ३० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ।
जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो ।
यसैगरी जिल्ला पशुसेवा कार्यालयले मध्यपहाडी तथा हुलाकी मार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम (डेरी पकेट क्षेत्र) अन्तर्गत पाँचवटा समूहलाई जनही ११ लाख २० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ ।
अनुदान प्राप्त गर्नेमा मनकामना सामुदायिक वन उपभोक्ता समूह राजगढ, पाँचगाछी दुग्ध उत्पादक कृषि समिति आठमोज्जा बचत तथा ऋण सहकारी संस्था लि खुजरगाछी, सानुमाई गाई विकास समिति शरणामती र बैगुनधुरा दुग्ध उत्पादक कृषक समिति बैगुनधुरा छन् ।
यस्तै, सोहि कार्यक्रमअन्तर्गत दुग्ध बजारीकरण व्यवस्थापनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि मेचीनगरपालिका र रितिका डेरी उद्योग धाइजनलाई १३ लाख अुनदान दिएको छ।
यसैगरी, मासु उत्पादनका लागि पाडा हुर्काउन भट्टराई ब्रदर्श एग्रिकल्चर फार्म गौरादह र प्रगति कृषि फार्म कुमरखोदलाई जनही दुई लाख रुपैयाँका दरले अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालय भद्रपुरका पशु चिकित्सक डा कुमारसिंह खत्रीले बताए। रासस