राजधानी लगायत देशको मध्य क्षेत्रमा बादल देखिए पनि एकदुई दिन पानी पर्ने सम्भावना नभएको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् विभुती पौडेलले पश्चिमी वायूको प्रभावले केही दिनदेखि बादल लागेको र त्यो पूर्वतिर अघि बढिरहेको बताइन्। ‘एकदुई दिन बादल लागेर एकदुई घन्टा चिसो हुने हो’, उनले भनिन्, ‘राजधानीमा पानी नै पर्ने सम्भावना अहिले छैन।’
उनले बिहानतिर बादल लागेर एकदुई घन्टा चिसो भएपनि राजधानीको तापक्रम भने उकालो लागिरहेको बताइन्। बुधबार काठमाडौैको तापक्रम २२.५ डिग्री मापन गरिएको छ।