रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लबका लागि ५ सय खेल खेल्ने नयाँ कीर्तिमान बनाएका छन्।
शुक्रबार ओसासुनाविरूद्ध मैदानमा उत्रिएका रामोसले १२ वर्ष लामो म्याड्रिड बसाइका क्रममा यो कीर्तिमान बनाएका हुन्। उनी २००५ मा सेभिलबाट बेर्नाबेउ आएका थिए। स्पेनका प्रभावशाली डिफेन्डर रामोसले सन् २०१४ र २०१६ मा क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन फाइनलमा गोल गरेका थिए।
आउँदो महिना ३१ वर्षमा प्रवेश गर्न लागेका यी प्रभावशाली डिफेन्डरले क्लबका लागि ६६ गोल गरिसकेका छन्। म्याड्रिड बसाइका क्रममा उनी तीन पल्ट ला लिगा, दुई पल्ट कोपा डेल रे, दुई पल्ट युइएफए सुपर कप र दुई पल्ट विश्व क्लब फुटबलको उपाधि जित्दा क्लबको अभिन्न अंग थिए।
शुक्रबार ५ सय खेलको कीर्तिमान पुरा गरेपछि उनले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए। ‘रियल म्याड्रिडबाट ५ सय खेल पुरा गर्नु भनेको सपना पुरा भएभन्दा पनि ठूलो हो। सबैलाई धन्यवाद! यसको खुसीयाली मनाउन म कही गर्ने योजनामा छु,’ उनले भने।