प्रमुख दलहरू निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्न सहमति नभएपछि आज पेश हुने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक पेश नहुने भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्रसँगै राप्रपा थ्रेस होल्डमा सलगभग सहमत भए पनि साना दलहरूको चर्को विरोधका कारण सहमति हुन नसकेको हो।
संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा झन्डै डेढ महिनादेखि राजनीतिक दलसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ।
यस्तै आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रमक छ।
यसैगरी आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बोनस (पाँचौ संशोधन) २०७३ लाई दफावार छलफलको लागि समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै आजको बैठकमा विकास समितिका सभापति रविन्द्र अधिकारी ले विकास समितिको अनुगमन एवम् मुल्यांकन प्रतिवेदन २०७३ माथ छलफल गरियोस् भनेर प्रस्ताव गर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र सूचना तथा सञ्चार मन्त्री राम कार्कीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
हेर्नुहोस् आजको कार्यसूची