महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक छविलाल जोशीले राजधानीको शान्ति सुरक्षा अझै मजदुत हुने बताएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा नियुक्त भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शान्ति सुरक्षाको अवस्थालाई अझै सदृढ बनाउन आफ्नो टिम सफल हुने विश्वास व्यक्त गरे। प्रमुख जोशीले शान्ति सुरक्षामा देखिएको चुनौतिको क्षेत्रलाई पहिचान गरी अघि बढ्ने योजना पनि सुनाए।
प्रहरी वरिष्ठ उपरिक्षक जोशीले आफूलाई गृह मन्त्रीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनाएको भन्ने हल्लामा सत्यता नरहेको पनि स्पष्ट पारे। प्रहरीले लिने जिम्मेवारी सामाजिक विकास समितिमा गरिने नियुक्ती जस्तो नहुने उल्लेख गर्दै कार्य क्षमताको आधारमा आफूलाई जिम्मेवारी दिइएको दाबी गरे।
प्रहरी वरिष्ठ उपरिक्षक जोशीले आफू र आफनो टिम राजधानीको शान्ति सुरक्षालाई अझ मजबुत बनाउन लागि पर्ने उल्लेख गर्दै त्यसमा साथ दिन संचारकर्मीहरुलाई आग्रह पनि गरे।