रोजगारीका लागि भारत गएका श्रीमान्ले पठाएको पैसाले जीवन निर्वाह हुँदैआएको थियो तर अहिले के गरौं भन्ने समस्या भएको छ साढे आठ वर्षअघि हत्या भएका हेमराजकी श्रीमती खुमकलालाई। 'भारत सरकारले हामीलाई न्याय त दियो अब जीवन गुजारा गर्ने व्यवस्था पनि मिलाइदिनुपर्छ। जो परिवार पाल्न परदेश गयो उसैको हत्या भयो । अब हामीलाई कसले हेर्छ रु दुई छाक कसरी खाने?' गहभरि आँसु झार्दै ४९ वर्षीया खुमकलाले भनिन्।
'घरमा जमिन त छ तर तीन महिना पनि खान पुग्दैन। साढे आठ वर्षदेखि माइती र आफन्तको भरमा गुजारा गरिरहेकी छु,' उनले भनिन्उ, 'उहाँ हुँदा त मासिक रु सात, आठ हजार पठाइदिनु हुन्थ्यो र घर खर्च चलाउँथे तर अहिले साह्रै समस्या छ।'
अर्घाखाँचीको धारापानी गाविस–१ सानाऔवल घर भएका मृतक हेमराजको घरमा ८१ वर्षीया आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। छोरीको विवाह भइसक्यो भने १८ वर्षीय छोरा प्रज्वल १२ कक्षा उत्तीर्ण गरी पढाइ खर्च नभएपछि अहिले पढाइ छाडेर दिल्लीमा गएका छन्। उनको पढाइ अवरुद्ध भएको छ।
'पढाइमा छोरो टाठो थियो फेल नै नभई १२ पास ग¥यो तर त्योभन्दा माथि पढाउन सकिनँ। के गर्नु बाध्य भएर भारतमै पठाएँ,'आमा खुमकलाले भनिन्।
'भारतीय मानिस नेपालमा मर्दा सरकारले राहत दिन्छ भारतमा हत्या हुँदासमेत राहत नदिने यो के चलन हो ?” खुमकलाका भाइ अशोक भुसालले भने – 'खै कहाँ छन् नेपालका मानवअधिकारकर्मी रु खै मिडिया रु” रोजगारीका लागि गएको समय साहुद्वारा नै हत्या हुँदासमेत राहत नदिने भारत सरकारको नीतिप्रति उनले दुखेसो पोखे । आफ्नी दिदीलाई परेको पीडामा कसैले नहेरेको सरकार र भारतीय राजदूत कसैले पहल नगरेको उनको गुनासो छ । राहतको व्यवस्था मिलाइदिन पहलकदमीका लागि उनले सबैसँग गुहारेका छन् ।
सन् २००८ मे १५ मा भारतको नोयडास्थित एक अपार्टमेन्टमा १४ वर्षीया आरुसी तलवारलाई उनकै बुबाआमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी प्रतिवेदन बनाइएको पुष्टि भएको थियो ।
गाजियावादको सिबिआइ विशेष अदालतले २०१३ मा सुनाएको फैसलामा प्राप्त प्रमाण र बयानका आधारमा आरुसी र हेमराज हत्याकाण्डमा डा तलवार र उनकी पत्नीको प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ। विशेष अदालतका न्यायाधीश श्यामलालले सुनाएको फैसलापछि तलवार दम्पतीलाइ प्रहरी हिरासतमा लिएर जेल पठाइएको छ । पैँतालीस वर्षीय नेपाली कामदार हेमराजसँगै भएको हत्याकाण्डका कारण यसलाई हेमराज–आरुसी प्रकरणका रुपमा चिनिन्छ । रासस