व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने झापाका सांसदहरुले विकासका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
जिल्ला विकास समितिका अनुसार निर्वाचित सांसद रवीन कोइराला, सुधीर शिवाकोटी, कृष्णप्रसाद सिटौला, प्रेमबहादुर गिरी, केशवकुमार बुढाथोकी, दीपक कार्की र केपी शर्मा ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा जनही तीन करोड तथा समानुपातिक सांसदले जनही ५० लाख बजेट विनियोजन गरेका छन् ।
निर्वाचित तथा समानुपातिक सांसदले विनियोजन गरेको बजेटबाट ६३६ वटा विकासका योजना यसै आवमा सम्पन्न हुने योजना शाखाका कर्मचारी डिल्ली नेपालले बताए। व्यवस्थापिका–संसद्मा जिल्लाबाट सात जना निर्वाचित तथा १७ जना समानुपातिक सांसदले प्रतिनिधित्व गरिरहेका छन् । रासस