संविधान संशोधन प्रस्तावविरुद्ध ९ राजनीतिक दलले पुस २२ गते राजधानीमा आयोजना गर्न लागेको संयुक्त आमसभाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो तर्फबाट तयारी थालेकोे छ।
एमालेले आमसभाको तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरी तयारी थालेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। कार्यदलमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई छन्।
यस्तै आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, तीन नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङलाई पनि समावेश गरेको छ।