तीन साताअघि सुडानमा अपहरणमा परेका दुई नेपाली रिहा भएका छन्।
सुडानस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चयुक्तको कार्यालयमा कार्यरत सरुन प्रधान र रमेश कार्की सोमबार अपहरण मुक्त भएका हुन्।
उच्चायुक्तको कार्यालयका प्रमुख प्रवक्ता एड्रियन एडवार्डस्ले उनीहरु सोमबार सकुशल रिहा भएको जानकारी दिएका छन्। उनीहरुलाई अज्ञात बन्दुकधारीले गत नोभेम्बर २७ मा अहरण गरेका थिए । नेपालीसँगै अपहरणमा परेका सुडानी नागरिक मुसा ओमेर मुसा मोहम्मद समेत सकुशल रिहा भएका छन्।