छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ । शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसँस्कार भएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै बिबाहित छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए। तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए।
सहनीका दाजुभाइपटि्टका छोराहरुले पनि दाहसंस्कार खर्चबापत सम्पत्ति नपाएसम्म शबमा दागवत्ती नदिने अडान लिएका थिए।