एक वर्ष अगाडि बेपत्ता भएको पोखरा अल्ट्रालाइट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीमा दुर्घटना भएको अवस्थामा फेला परेको छ। अल्ट्रालाइटका पाइलट र सवार पर्यटकको पनि मृत्यु भएको छ। २०७२ असोज २१ गतेदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमानका टुक्रा/टुक्रा भएको अवस्थामा भेटिएको पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनाराण श्रेष्ठले जानकारी दिए।
‘शनिबार हेलिकप्टबाट खोजी गरेका थियो,’ उनले भने, ‘माछापुच्छ्रे र अन्नपूर्ण हिमालको खोचमा देखेपछि आज सोही स्थानमा गएको हौ,’ उनले भने, ‘अल्ट्रालाइट टुक्रा/टुक्रा परेको र अल्ट्रालाइटमा सवार दुई जनाको हाडखोर मात्रै भेटिएको छ।’
उनले अल्ट्रालाइट र दुबै जनाको हाडखोर आइतबार नै हेलिकप्टरबाट पोखरा ल्याएको बताए।
पोखरा अल्ट्रालाइट कम्पनीको कल साइन ९ एन ए एल आइको अल्ट्रालाइटमा ५० वर्षीय रसियन पाइलट भ्यालोरी बुप्टीनले र दक्षिण अफ्रिकाकी एलिजावेथ वेलको हाडखोर मात्रै भेटिएको छ ।