नेपाल र लाओसविरूद्धको खेलमा लाओसका मिडफिल्डर खाम्खान्ह सोन्थानाल्यले हानेको प्रहार नेपालको गोल पोस्टको भित्री पोलमा लागेर फर्किएको छ।
खेलको ७५ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर सिटहिडेथ खान्थाभोङले क्रस पास गरेको 'भली बल'लाई डिबक्स भित्र सोन्थानाल्यले भेटाएका थिए।
नेपाली डिफेन्डरले अफ–साइडभन्दै छोडेको त्यो बल नेपालको गोल पोस्टको माथिल्लो बिममा लागेर फर्किएको थियो। हाल ८० मिनेटको खेल सम्पन्न हुँदासम्म खेल १–१ को स्थितिमा छ।