नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि पोखरामा हुँदैछ।
महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहने छ। पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
तीन दिने सो महाधिवेशनको बन्द सत्र कात्तिक २८ गते पोखरा सभागृहमा हुनेछ। बन्द सत्रपछि कात्तिक २९ गते निर्वाचनका कार्यक्रम गरिने तरुण दल कास्कीले जनाएको छ। महाधिवेशनमा भाग लिन सबै प्रतिनिधि पोखरा आइसकेका छन्। महाधिवेशन सम्पन्न गर्न २२ उपसमिति पनि गठन गरिएको छ रासस