प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको टोलीले भेट गरी नयाँ संविधानबमोजिम आयोगका काम अघि बढाउन नयाँ कानुनको आवश्यकता भएको अवगत गराएको छ।
आयोगका अध्यक्ष मैनालीले आफूहरुले संविधान र कानुनप्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको भन्दै नयाँ संविधानले आयोगको दायित्व र भूमिकामा बढोत्तरी गरेको र यसलाई सम्पन्न गर्न नयाँ कानुनको खाँचो रहेको बताए।
नयाँ संविधानअनुसार आयोगको नयाँ विधेयक व्यवस्थापिका–संसद्मा पेस भए पनि पारित नभएकामा आयोगले छिटो पारित गराउन पनि प्रधानमन्त्रीसंग आग्रह गरेको छ।रासस