सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाउनु देश र जनता विरूद्ध ठूलो षड्यन्त्रको सङ्केत भएको बताएका छन्।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताउँदै संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्तावमा देशलाई अल्झाउनु बिडम्बना भएको बताए।
लोकमानसिंह कार्की कर्मचारी भएकाले कानुनी प्रक्रिया पु¥याई कारबाही गर्नुपर्ने कुरालाई अनावश्यक रूपले राष्ट्रिय सवाल बनाउनु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्वार्थ भएको आरोप लगाउँदै उनले कार्कीको महाअभियोग प्रस्ताव सन्दर्भमा मधेसी मोर्चाको निर्णय यथाशीध्र सार्वजनिक हुने जानकारी दिए।
एक प्रश्नको जवाफमा उनले कार्कीलाई राख्ने, हटाउनेसँग आफ्नो कुनै सरोकार छैन् भन्दै यही सवालको आवरणमा मूल सवाललाई छायाँमा राख्नु देश र जनतासँग बेइमानी र अन्याय भएको बताए।
अध्यक्ष महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति सकारात्मक भए पनि नेपाली काँग्रेसको सकारात्मक पहलमा कमी देखिएको धारणा राखे। रासस